Aamsanchar

नेपाल एयरलाइन्सका ५ वटा जहाज लिलामीमा,आज गोप्य सिलबन्दी टेन्डर आह्वान

Author Image
बिहिवार, पौष ५, २०८०

काठमाडौं – नेपाल एअरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ।

सूचना निकालेर नेपाल एअरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामीमा राखेको हो।

आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ। यसका लागि आगामी फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद छ। यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्।

निगमसँग कुल ६ वटा जहाज थिए। जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर