Aamsanchar

पुरन्धारा झरना हुँदै मलै जाने सडक बीचमा पुल बनाउन डीपीआर

Author Image
शुक्रवार, पौष ६, २०८०

तुलसीपुर । दाङको बबई गाउँपालिका स्थित पुरन्धारा झरना हुँदै मलै जाने सडकबीचमै पर्ने बबई नदीमा पक्की पुल निर्माण हुने भएको छ ।

त्यसका लागि अहिले डीपीआर निर्माणको काम भइरहेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सोही सडकको डीपीआरका लागि १५ लाख बजेट बिनियोजन गरेका थिए ।

सोही बजेटबाट अहिले डीपीआरको काम भइरहेको छ । बबईका स्थानीय अगुवा यज्ञ बहादुर वलीका अनुसार सोही पुल निर्माणका लागि स्वाइल टेष्टको काम भएको छ । सोही स्थानमा पुल निर्माण नहुँदा मलै तथा आसपासका बासिन्दालाई निकै समस्या हुने गरेको थियो । त्यसलाई मध्यनजर गरि सोही स्थानमा पुल निर्माण थालिएको अर्थमन्त्री मास्कीले बताए ।

सोही सडकमा पुल निर्माण भएपछि मलैसंगै सिमलकुना, जिलालगायतका बस्तीलाई आवतजावतमा निकै सहज हुने छ ।  साथै पुरन्धारा झरना हुँदै, मलै, सिमलकुना, जिला जोड्ने सडक स्तरोन्नतीका लागि मन्त्री मास्कीले एक करोड बजेट बिनियोजन गरेका छन् । सोही स्थान निकै विकट भएकाले त्यहाँको विकासका लागि आफूले निर्वाचनको बाचा अनुसार बजेट बिनियोजन गरको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर