Aamsanchar

तीन वटा एक्स्काभेटरमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

Author Image
शुक्रवार, पौष ६, २०८०

सोलुखुम्बु – सोलुखुम्बुमा तीन वटा एक्स्काभेटरमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुभाष राई र एक जना नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार गएको असार ५ गते थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा बा २ क ४८७८ नम्बरको एक्स्काभेटरमा, साउन ४ गते थुलुङ दूधकोशी गाउँपालिका–५ मा बा २ क ९१२१ नम्बरको एक्स्काभेटरमा र मंसिर ३ गते थुलुङ दूधकोशी गाउँपालिका–५ मा अर्को एउटा एक्स्काभेटरमा आगजनी भएको थियो ।

एकाराज राई यी तीनवटै आगजनीमा, सन्दीप र नाबालकको दुई वटा घटनामा संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अर्का एक जना फरार रहेका र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध आपराधिक उपद्रो शीर्षकमा मुद्दा चलेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर