Aamsanchar

५ वटा कस्तुरीको बिना बरामद, प्रहरीलाई देख्ने बित्तिकै बाेक्ने मान्छे भागे

Author Image
शुक्रवार, पौष ६, २०८०

काठमाडौँ – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना बरामद गरेको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले बरामद गरेको उक्त बिनाको तौल ८१ ग्राम रहेको जनाएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला फालेर भागेका थिए।

उक्त झोला हेर्दा कस्तुरीको बिना फेला परेको र आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर