Aamsanchar

दुई हजार केजी चिनी बरामद

Author Image
शुक्रवार, पौष ६, २०८०

उदयपुर – भन्सार छली बजार भित्र्याउने क्रममा उदयपुर प्रहरीले चिनी र खैनीसहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ। सिरहाबाट उदयपुरको व्यापारिक केन्द्र कटारीतर्फ लैजाँदै गरेको दुई हजार केजी चिनी र कबिर छाप खैनी ८ बोरा बरामद भएको हो।

प्रहरी चौकी बेलश्रोतले नियमित चेकजाँचका क्रममा प्रदेश २–०१–००१ च ०६३० नम्बरको पिकअपमा गाडीमा उक्त सामग्री भन्सार छली भित्र्याएको भेटिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए।

प्रहरीले बरामद सामग्री र पिकअप भ्यान थप अनुसन्धानका लागि राजश्व कार्यालय इटहरी पठाएको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर