Aamsanchar

‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने मोरङका एक जना पक्राउ

Author Image
शनिवार, पौष ७, २०८०

झापा – नक्कली कागजातका आधारमा ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने एक ट्राभल्स एजेन्सीका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका विनोद कार्की छन् ।

उनले एयरलाइन्सलाई प्रतिब्यक्ति दशदेखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म दिएर विदेश पठाउने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।

भिजिट भिषामा विदेश जान लागेका युवायुवतीको २४६ शंकास्पद कागजात कार्कीले बनाएको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर