Aamsanchar

घरमा आगलागी हुँदा नौ महिने बालिकाको जलेर मृ*त्यु

Author Image
शनिवार, पौष ७, २०८०

तानसेन- पाल्पाको निस्दी –३, झिरुबासस्थित क्याङ्रुङ्को एक घरमा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय बासिन्दाले जनाएका छन् ।

शनिबार मध्यान्ह १२ बजेतिर खरले छाएको घरमा आगलागी भएको स्थानीय पुनाराम सुनारीले जानकारी दिनुभयो । स्थानीय श्यामबहादुर पल्लीको घर जलेर नष्ट भएको छ । मृतक बालिकासहित घरमा दुई छोरा रहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर