Aamsanchar

रेडियो पाउँदा फुरुङग

Author Image
शनिवार, पौष ७, २०८०

झापा – इलामको रोङ गाउपालिका–५ का ७९ बर्षिय निरबहादुर सुनुवार एउटा समारोहमै रेडियो बजाएर नाचिरहेका थिए । बृद्धअवस्थमा अर्को खुशी थपिएको भन्दै पुलकित भएका सुनुवारले लामो समयपछि रेडियो सुन्न पाएको भन्दै गाउँपालिकालाई धन्यवाद दिए ।
सुनुवार सुचना तथा देश बिदेशका खबर सहजै थाहा पाउनका लागि रेडियो उपलब्ध गराएको भन्दै हतार हतार गरेर घरतिर लागे । १० बर्षदेखि पुरानो रेडियो बिग्रिएर दुनियाँबाट बेखबर बनेका उनी रेडियो सुन्ने हतारोमा देखिन्थे । उनले अब रेडियोमा आउने बिभिन्न कार्यक्रम तथा समाचार सुनेर बसिबियाँलो गर्ने बताए ।
रोङ–५ कै हरिमाया लाबरको खुशीपनि सुनुवारको भन्दा कम थिएन । आँखा कमजोर भएकी ८७ बर्षिया बृद्धा उनले रेडियो नसुनेको बर्षौं भयो । घरमा टेलिभिजन भएपनि उनले आँखामा समस्या उत्पन्न भएदेखि हेर्न नपाएको बताइन् । आफ्नी बुहारीलाई लिएर कार्यक्रम स्थल आएकी उनले एफएममा पुराना गित सुन्न रुची भएको बताईन् ।
सुनुवार र लाबरजस्तै कार्यक्रम स्थलमा भेला भएका एकसयभन्दा बढी बृद्ध बृद्धाहरु सञ्चार उपकरण रेडियो पाएपछि खुशी देखिन्थे । अझ बृद्धाहरुले त रेडियोको साथमा साडी समेत पाएका थिए । सुचना तथा सञ्चारमा सम्पुर्ण नागरिकको सहज पहुच पुर्याउने उदेश्यले गाउपालिकाले रेडियो वितरण गर्न शुरु गरेको छ ।
वडा न ५ मा शनिबार १६० वटा रेडियो वितरण गरिएको गाउपालिका अध्यक्ष मनिकुमार स्याङवोले जानकारी दिए । उनले गाउँपालिकाभरीका सम्पुर्ण जेष्ठ सदस्यलाई रेडियो वितरण गरिने बताए । गाउपालिकाले एक हजार १ सय रेडियो खरिद गरिएको उपाध्यक्ष बिष्णुमाया खवासले जानकारी दिईन् । उनले ६ वटै वठाका जेष्ठ सदस्यलाई रेडियो वितरण गर्न शुरु गरेको बताईन् ।
गाउपालिकाले रेडियो वितरण कार्यक्रमलाई ’चेतना वितरण’ भनेको छ । भौगोलिक रुपमा विकट रहेको सो गाउपालिकामा रेडियोको माध्यमबाट जनचेतना जगाउन सहज हुने भएकाले रेडियो वितरण कार्यक्रम अघि सारिएको जनाईएको छ ।
‘युवाहरुले इन्टरनेटको माध्यमबाट सुचना लगायतका बिभिन्न जानकारी पाउने गरेका छन्–‘अध्यक्ष स्याङवोले भने–‘इन्टरनेट प्रयोग गर्न नसक्ने पुस्तालाई पनि सुचनामा पहुँच पुगोस भनेर हामीले रेडियो वितरण गरेका हौं, यति सानो कामले पनि धेरै आमाबाबुको अनुहारमा खुशी ल्याउन सकेकोमा हामी गौरव गर्दछौं ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर