Aamsanchar

जंगली हात्तीको आक्रमणबाट कान्छीमाया घाइते

Author Image
आइतवार, पौष ८, २०८०

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

गएराति हात्तीको आक्रमणमा परी ५१ वर्षीया कान्छीमाया तामाङ घाइते भएकी हुन्। तामाङको ढाडमा गम्भीर चोट लागेको छ ।

बेहोश अवस्थामा उनलाई राति नै उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सेना, सशस्त्र प्रहरी, प्रहरी र निकुञ्जका कर्मचारीहरुले राति नै हात्तीलाई निकुञ्ज क्षेत्रतर्फ पठाएका छन्।

पुस यता मनहरी गाउँपालिकामा मात्रै जंगली हात्तीले स्थानीयको ३ वटा घरसमेत भत्काइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर