Aamsanchar

बेलडाँगी शरणार्थी शिविरमा आगलागी

Author Image
आइतवार, पौष ८, २०८०

झापा- दमकमा रहेको भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमक–३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान तीन बजेतिर भएको आगलागीमा तीन वटा छाप्रा जलेका छन्।

शरणार्थी शिविर सेक्टर–सी फोर बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी तथा टिनको छाना भएको घरमा आगो लागेको र सँगै रहेका अरु दुई वटा छाप्रा समेत जलेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

आगलागीबाट लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ । दमक नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर