Aamsanchar

मावि शिक्षकमा खुल्‍यो जागिर

Author Image
आइतवार, पौष ८, २०८०

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदको विज्ञापन खुलाएको छ। आयोगले आइतबार जारी गरेको विज्ञापनअनुसार ४३६ जना शिक्षकको लागि विज्ञापन सार्वजनिक भएको छ।

आयोगले सातै प्रदेशमा गरेर नेपाली विषयको लागि ६७ जना,अंग्रेजी विषयको लागि ७९ जना,गणित विषयको लागि ८५ जना शिक्षक माग गरेको छ। विज्ञापन विषयमा १ सय २४ जना, सामाजिक विषयमा ५३ जना,अर्थशास्त्र विषयमा ७ जना शिक्षक माग गरेको हो।

यस्तै,कार्यालय सञ्चालन तथा लेखा विषयमा १५ जना,संस्कृत व्याकरणमा ३,कम्युटर विज्ञान विषयको लागि ३ जना शिक्षक माग गरिएको विज्ञापनमा उल्लेख छ। लिखित परीक्षा आगामी चैत ३ गते १ बजे बजेदेखि सञ्चालन हुने आयोगले जनाएको छ।

परीक्षा केन्द्रहरू कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली तोकिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर