Aamsanchar

नेपाल नेत्रज्योति सङ्घको २५ औं स्थापना दिवसका अवसरमा प्रभावफेरी

Author Image
आइतवार, पौष ८, २०८०

ताप्लेजुङ- ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घको रजत महोत्सवको अवसरमा आइतबार बिहान प्रभातफेरी गरिएको छ । सङ्घ तथा सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको २५ औं स्थापना दिवस अर्थात् रजत महोत्सवको अवसरमा सदरमुकाम फुङ्लिङमा प्रभातफेरी गरिएको हो ।

स्थापना दिवस अर्थात् रजत महोत्सव मनाउन तीनदिने कार्यक्रम आयोजना गरिएको र कार्यक्रमको पहिलो दिन आइतबार आँखा सचेतनासम्बन्धी प्रभातफेरी गरिएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका उपसभाति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । प्रभातफेरी फुङ्लिङ बजारको तोक्मेडाँडाबाट सुरु भई नगर परिक्रमा पछि डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा समापन गरिएको छ ।

उपसभापति अधिकारीका अनुसार रजत महोत्सवको दोस्रो दिन सोमबार औपचारिक कार्यक्रम हुनेछ । नेत्रज्योति सङ्घले प्रकाशन गरेको ‘ज्योति स्मारिका २०८०’ को विमोचन, शुभकामना आदानप्रदान, सम्मान तथा प्रशंसापत्र र कदरपत्र वितरण, सांस्कृतिक कार्यक्रमलगायतका गतिविधि हुने उहाँले जानकारी दिनुभयो ।

नेत्रज्योति सङ्घ ताप्लेजुङको रजत महोत्सवकै कार्यक्रमअन्तर्गत मङ्गलबार फुङ्लिङमा नेपाल नेत्रज्योति सङ्घ, कोशी प्रदेश समितिको दोस्रो अधिवेशनसमेत हुने सङ्घका जिल्ला सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । मानव स्वास्थ्यअन्तर्गत आँखाको क्षेत्रमा काम गरिरहेको संस्था नेपाल नेत्रज्योति सङ्घको ताप्लेजुङ शाखा २०५५ सालमा स्थापना भएको हो ।

यता प्रभातफेरी कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष डा। चेतराज पन्त, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल उपस्थिति हुनुभयो । त्यस्तै जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालय, सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको प्रभातफेरीमा सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)