Aamsanchar

सामाजिक सञ्जालबाट सर्वसाधारण टाढिँदै, यी हुन् यो वर्ष सर्वाधिक डिलिट भएका सोसल मिडिया एपहरू

Author Image
आइतवार, पौष ८, २०८०

वर्ष सन् २०२३ सकिंदैछ । यो वर्ष प्रविधि जगतका लागि पनि उतारचढावको वर्ष रह्यो । यही कडीमा यो वर्षका सबैभन्दा धेरै डिलिट भएका सोसल मिडिया एपको सूची सार्वजनिक भएको छ ।

सोसल मिडिया प्रयोगकर्ताको संख्यामा लगातार वृद्धि भैरहेको छ । पछिल्लो रिपोर्ट अनुसार विश्वमा विभिन्न सोसल मिडिया प्रयोगकर्ताको संख्या चार अर्ब ८० करोड भन्दा धेरै छ ।

रिपोर्ट अनुसार अधिकांस सोसल मिडिया प्रयोगकर्ताले हरेक दिन औसतमा २ घण्टा २४ मिनेट सोसल मिडियामा बिताउँछन् ।

विश्वमा धेरैभन्दा धेरै मानिसहरुमा सोसल मिडियाको लत बसेको मात्र छैन कैयन् मानिसहरु सोसल मिडियाबाट टाढा पनि भैरहेका छन् ।

अमेरिकी प्रविधि कम्पनी टिआरजी डाटासेन्टरले एक रिपोर्ट सार्वजनिक गरेको छ । जसमा यो वर्षका सबैभन्दा धेरै डिलिट हुने एपहरुको बारेमा जानकारी दिइएको छ ।

रिपोर्ट अनुसार सार्वजनिक भएको २४ घण्टाभित्रै १० करोड प्रयोगकर्ता हासिल गर्न सफल भएको मेटा कम्पनीको थ्रेड एपले त्यसपछिका ५ महिनामा हालसम्म ८० प्रतिशत प्रयोगकर्ता गुमाएको थियो ।

रिपोर्ट अनुसार यो वर्ष विश्वका करिब १० लाख मानिसहरुले इन्टरनेटमा इन्स्टाग्राम अकाउन्ट कसरी डिलिट गर्ने रु भन्ने तरिका खोजेका थिए । करिब १० लाख २० हजार प्रयोगकर्ताले इन्स्टाग्राम एप डिलिट गरेसँगै इन्स्टाग्राम यो वर्ष सर्वाधिक डिलिट हुने सोसल मिडिया एप बनेको छ ।

त्यस्तै सबैभन्दा धेरै डिलिट हुने एपको दोस्रो नम्बरमा स्नापच्याट रहेको छ जुन एक लाख २८ हजार ५०० जनाले डिलिट गरेका छन् । त्यस्तै धेरै डिलिट हुने एपको तेस्रो नम्बरमा एक्स, चौथोमा टेलिग्राम र पाँचौमा फेसबुक छ भने छैटौंमा टिकटक, सातौंमा युट्युब, आठौंमा ह्वा्ट्सएप र नवौंमा विच्याट रहेका छन् । यो वर्ष ४९ हजार जनाले फेसबुक एप डिलिट गरेका छन् । ह्वाट्सएप डिलिट गर्नेको संख्या भने चार हजार ९५० मात्रै छ ।

कुन सोसल मिडिया एप कतिजनाले डिलिट गरे ?

इन्स्टाग्राम : १० लाख २० हजार
स्नापच्याट : १ लाख २८ हजार ५ सय
टेलिग्राम : ७१ हृजार ७ सय
फेसबुक : ४९ हजार
टिकटक : २४ हजार ९ सय
युट्युब : १२ हजार ५ सय
ट्वीटर : १२ हजार ३ सय
ह्वाट्सएप : ४ हजार ९५०
विच्याट: २ हजार ९०

आनलाइन खबरबाट साभार ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर