Aamsanchar

रहेनन् ‘प्रचण्ड’ का पूर्वसुरक्षा कमाण्डर तुला भुल ‘जटिल’

Author Image
सोमवार, पौष ९, २०८०

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पूर्वसुरक्षा कमाण्डरको मृत्यु भएको छ। सशस्त्र द्वन्द्वकालमा प्रचण्डका सुरक्षा कमाण्डर रहेका तुला भुल ‘जटिल’ को मृत्यु भएको हो।

शनिबार ५३ वर्षको उमेरमा भारतमा उनको मृत्यु भएको र आइतबार मात्र खबर पाएको उनका भाइ जगतले जानकारी दिए। स्थायी घर अछाम जिल्लास्थित पञ्देवल विनायक नगरपालिका–५ लयाँटी भएका उनी ३ महिनाअघिदेखि भारतको महाराष्ट्रमा बस्दै आएका थिए।

उनकी श्रीमती भारतमै रहेको आफन्तले जानकारी दिए। अछामस्थित घरमा उनका २ छोरा र एक छोरी छन्। जनमुक्ति सेना, बटालियन कमाण्डर र पार्टीको सुरक्षासँगै वर्ग संघर्षको मोर्चा र लडाइँ लडेका उनको निधनपछि परिवार अप्ठ्यारोमा परेको छ। परिवारका सदस्यले पार्टी र सरकारबाट सहयोगको अपेक्षा गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर