

काठमाडौं – नेवार समुदायले आज यःमरि पुन्हि मनाउँदै छन्।

यःमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ। त्यसैले आजको दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ। नयाँ धान कुटेर बनाएको चामलको पिठोलाई माछाको जस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, खुवा राखेर पानीको बाफबाट यःमरि बनाइन्छ।

यो तेल या अन्य चिल्लोपना नभएको परिकार भएका कारण स्वास्थ्यका हिसाबले हितकारी मानिन्छ छ। धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडिरहेको बेलामा उनलाई सत्कार स्वरूप यःमरि खान दिइएको र त्यसपछि कुवेरले प्रसन्न भएर धनधान्यले अपार वरदान दिएको सम्झनामा नेवार समुदायमा यःमरि पूर्णिमा मनाउन थालिएको बताइन्छ।

Views: 108

