Aamsanchar

राष्ट्रपतिद्वारा बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना

Author Image
बुधवार, पौष ११, २०८०

बागलुङ – आज राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन्। सातौँ बागलुङ महोत्सव उत्घाटनका लागि बागलुङ आएका राष्ट्रिपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गरेका हुन्।

मन्दिरका मूल पूजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका छन्। राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार आइपुगेका हुन्। राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालल लगायतको टोलीले स्वागत गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर