Aamsanchar

इलामकाे एक घरमा आगलागी : कस्मेटिक पसल, फर्निचर लगायतका सामान जलेर नष्ट

Author Image
बुधवार, पौष ११, २०८०

इलाम । सूर्योदय नगरपालिका-८ पाल्टाङ्गेस्थित सुभाकर पुरासैनीको घरमा गएराति आगलागी भएको छ ।
विद्युत सर्ट भई भएको आगलागीमा नगद ७० हजार रूपैयाँ, घरमा रहेको कस्मेटिक पसल, फर्निचर लगायतका सामान जलेर करिब ९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर