Aamsanchar

पथरीका एक र दुहबीमा दुईजना लागूऔषध सहित पक्राउ। 

Author Image
बिहिवार, पौष १२, २०८०

प्रतिकात्मक तस्वीर ।

मोरङ । मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित बुधवार ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका –१६ दरैया मा भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ८६० नम्बरको मोटसाइकल चेकजाँच गर्ने क्रममा चालक दुहबी– ९ का ३० वर्षीय मो. सहबाज र पछाडि सवार २७ वर्षीय मो। जावेद आलमको साथबाट १ ग्राम ९ मिलिग्राम ब्राउनसुगर प्रहरीले फेला पारेपछि उनीहरू पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–१० बाट प्रतिबन्धित औषधी स्पासपेन, ट्रमाडोल र डाईक्लोमाईन गरी ३६ चक्की सहित स्थानीय ३६ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर