Aamsanchar

बिभिन्न मुद्दाका फरार ५ जना प्रतिवादी पक्राउ

Author Image
बिहिवार, पौष १२, २०८०

बिराटनगर । झापा, मोरङ, उदयपुर र पाँचथर जिल्लाको छुट्टा छुट्टै स्थानबाट बुधवार, बिभिन्न मुद्दाका फरार ५ जना  प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दामा  झापा जिल्ला अदालतको मिति २०८०।०३।०६ गतेको फैसलाले ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका दमक– ३ का २९ वर्षीय शम्भु लिम्बुलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो ।

त्यसैगरी घरमा आगो लगाएको मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरको २०७९।०९।२८ गतेको फैसला आदेशले ६ महिना कैद फैसला भएपछि  फरार रहेका लेटाङ –३ का ३० वर्षीय सुमन राईलाई इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यस्तै गाली बेइज्जती मुद्दामा उदयपुर जिल्ला अदालतको मिति २०७७।०९।२० गतेको फैसलाले ५–५ हजार जरिवाना तोकिएका बेलका– ५ का ६२ वर्षीय डम्बर बहादुर कटुवाल र ५२ वर्षीय तिलक बहादुर कटुवाललाई प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी डाँका मुद्दामा सम्मानित पाँचथर जिल्ला अदालत पाँचथर फिदिमको मिति २०७८।०४।३२ गतेको फैसलाले कैद ६ बर्ष र १२ हजार ५ सय १० जरिवाना भएका फक्तालुङ गाउँपालिका– ६ ताप्लेजुङका २९ वर्षीय राजु ताप्मादेन लिम्बू भन्ने दिव्य लिम्बुलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानीको लागि सम्बन्धित अदालतहरूमा उपस्थित गराइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर