

प्रतिकात्मक तस्वीर ।
सङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका-५ स्थित ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ । हिजो दिउँसो ४ बजे को. २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु- १ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट लिएर जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाँउमा अचानक भिरबाट अन्दाजी ३५ मिटर तल खसेर दुर्घटना हुँदा ट्रयाक्टर चालक स्थानीय २७ वर्षीय तीर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

घटना स्थलमा प्रहरीको टोली खटिगई उक्त शवलाई सम्पूर्ण कानुनी प्रक्रिया पश्चात पोस्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संविधानसभाले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 96