Aamsanchar

नेपाल–ल्हासा सिधा हवाई उडान फेरि शुरु

Author Image
बिहिवार, पौष १२, २०८०

काठमाण्डौ – नेपाल–ल्हासा सिधा हवाई उडान आजदेखि फेरि शुरु भएको छ । हिमालयन एअरलाइन्सले आजदेखि काठमाण्डौबाट ल्हासा नियमित उडान शुरु गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाण्डौ–ल्हासा उडानको उद्घाटन गर्नुभयो। उहाँले चीन र नेपालको सम्बन्धमा नेपाल–ल्हासा सिधा हवाई उडान महत्त्वपूर्ण हुने बताउनुभयो । सिधा उडानबाट पर्यटनसँगै निर्यात प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङपछि ल्हासामा समेत गरेर अब ६ गन्तव्यमा उडान हुन थालेको हो । यसअघि कोरोना महामारीले रोकिएको काठमाण्डौ–ल्हासा सिधा उडानलाई खुला गर्न नेपालले चिनियाँ पक्षसँग माग गरेको थियो ।

गएको चैत १५ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ सेवा पुनः सञ्चालनका लागि प्रस्ताव गरेको थियो।

तस्बिर : नवराज ढकालको फेसबुक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर