Aamsanchar

कोशी प्रदेश सरकारको बजेटमा बन्दै गरेकाे पक्की पुल भत्कियाे

Author Image
बिहिवार, पौष १२, २०८०

काठमाडौं – भोजपुर जिल्लाको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सडकबाट जोड्नका लागि इरखुवामा बनाइँदै गरेको निर्माणाधीन पक्की पुल भत्किएको छ। आज बिहान भत्किएको पुल

के कति कारणले भत्किएको हो त्यो भने खुल्न बाँकी रहेको एक स्थानीयले बताएका छन्।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९मा उक्त पुल ठेक्का लगाएर बनाउन थालेको हो। पुलको लागत ६ करोड ३० लाख रुपैयाँ रहेको बताइएको छ। उक्त पुल दिव्यज्योति धनञ्जय जेभीले बनाइरहेको हो।

केही वर्षअघि ओखलढुंगा र उदयपुर जोड्ने गरी घुर्मीस्थित सुनकोशी नदीमा बनाइँदै गरेको मोटरेवल पुल पनि बतासले लडाएको भनी विभिन्न बद्मासी गरेर भत्काइएको थियो। पछि सोही स्थानमा मोटरेवल पुल बनेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर