Aamsanchar

अवैध प्याज र चिनी बरामद

Author Image
शुक्रवार, पौष १३, २०८०

बुटवल – वडा प्रहरी कार्यालय बुटवलबाट खटेको गस्ती प्रहरी टोलीले शुक्रबार अवैध प्याज र चिनी बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याइएका ७ सय ७५ किलो प्याज र २ सय किलो चिनी बरामद गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्वर १० रामनगरस्थित पूर्व पश्चिम राजमार्गबाट भन्सार छली चोरी पैठारी गरि ल्याइएका प्याज र चिनीलाई भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर