Aamsanchar

मोहनमाया को ५६ औं वार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

Author Image
शुक्रवार, पौष १३, २०८०

चारपाने । उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै मोहनमाया माध्यमिक विद्यालय बिर्तामोडले आफ्नो ५६ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरिएको हो । यस क्रममा गोपालकुमार – रमा बस्नेत अक्षयकोषबाट अप्सरा योङहाङ, रोहिणीप्रसाद अधिकारी, एलिना तिम्सिना, आरुष थापा, विमला हेमरम र दिपसन विष्ट पुरस्कृत  भएका छन् । उनीहरूलाई जनही ५ हजार पाँच रुपैयाँ  राशिको पुरस्कार वितरण गरिएको हो ।

त्यस्तै युवराज डाँगी छात्रवृत्तिबाट सुप्रिया राजवंशी, जितबहादुर सार्की, सेविना बुढा र हार्दिक गौतम पुरस्कृत भएका छन् । उनीहरूलाई जनही १५ सय रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो ।
त्यस्तै चन्द्र– विष्णु राउत स्मृति प्रतिष्ठानद्वारा स्थापित पुरस्कारबाट पुरस्कृत हुनेहरूमा कक्षा १२ का स्नेहा न्यौपाने, रोहिणीप्रसाद अधिकारी , कक्षा १० का मेडिना भण्डारी र जीवन थापा रहेका छन् । उनीहरूलाई जनही ३ हजार ५ रुपैयाँको पुरस्कार प्रदान गरियो ।
सोही प्रतिष्ठानद्वारा कक्षा ८ का एलिना तिम्सिना, सन्दिप गिरीलाई जनही २ हजार ५ रुपैयाँका दरले पुरस्कृत गरियो भने विद्यालय प्रथम हुने एलिना तिम्सिनालाई थप २ हजार ५ , द्वितीय हुने दिप्ती सुवेदीलाई १५ सय ५ र तृतीय हुने आरुष थापालाई १२ सय ५ रुपैयाँले पुरस्कृत गरियो ।

त्यस्तै मोहनमाया विद्या पदक पुरस्कारबाट ३७ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरूमा विजु भुजेल, वविता खतिवडा, उत्सव भारती, सुमन्त्र कुमार साह, तौलेन्द्र यादव, महमद साकलेन मुस्ताक र हंस नारायण राजवंशी रहेका छन् । उनीहरूलाई जनही ५ हजार ५ रुपैयाँ नगदले पुरस्कृत गरियो । त्यस्तै एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि जनही २५ सय ५ रुपैयाँसहित पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुनेहरूमा जीवन थापा, आभाष उप्रेती, मेडना भण्डारी, निशान न्यौपाने, भिजन दाहाल, विपुल कोइराला, जेशिका ओली, रीजा पराजुली, इना खतिवडा , स्मृति भण्डारी, उद्देश्य  खतिवडा, आकृति पाठक, श्रीया प्रसाईँ, विवेक भट्टराई, इक्सा तुम्रुक, कविन राजवंशी, नोविका तिम्सिना, पनिका खरेल, प्रयत्न आचार्य, सौरभ दाहाल, सुशाना कोइराला, दिपाली कुगेनाम, प्राञ्जल घिमिरे, सुमिना श्रेष्ठ, सदिक्षा ओझा, सुशील खनाल र रोहिणीप्रसाद अधिकारी रहेका छन् ।

त्यस्तै सुश्री सावित्री बस्नेत अक्षयकोषबाट कक्षा १ देखि ११ सम्मका विद्यार्थी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरूमा परिना बुढाथोकी, जोन राजवंशी, मेघा निरौला, एडिसन राई, कञ्चन उप्रेती, अनुरोध लुँइटेल, प्रनिता बास्तोला, आरुष थापा, अपेक्षा नेम्वाङ्ग, नवीन सहनी, दिप्ती सुवेदी, इन्द्र प्रकाश काफ्ले , अदिति आचार्य, प्रज्ञान खनाल, ताकिता शर्मा र नवीन तिवारी रहेका छन् । कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूलाई जनही एक हजार ५ , कक्षा ६ का विद्यार्थीलाई १५ सय ५, कक्षा ७ का विद्यार्थीलाई दुई हजार ५ ,कक्षा ९ का विद्यार्थीहरूलाई २५ सय ५ र कक्षा ११ का विद्यार्थीहरूलाई ३ हजार ५ का दरले छात्रवृति प्रदान गरिएको हो ।

त्यस्तै तीन जना शिक्षकलाई सम्मान गरिएको थियो ।  चन्द्र–विष्णु स्मृति प्रतिष्ठान अक्षयकोषबाट विज्ञान शिक्षक नितेश कामती, गणित शिक्षक नरेन्द्र राउत, गोपालकुमार र समा बस्नेत अक्षयकोषबाट विशेष शिक्षा की परिचारिका अम्बिका दाहाल र साबित्रा बस्नेतलाई जनही ५ हजार ५ रुपैयाँ नगद सहित सम्मानित भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका देवीका निरौला बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रम राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईँ, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिक लगायतले बोलेका थिए ।

विद्यालयकी शिक्षक अनिता कार्की बस्नेतले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
स्काउट मार्चपास गर्दै विद्यार्थीले सलामी अर्पण गरेको कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, नाटक प्रदर्शन गरेका थिए भने विद्यालयमा विज्ञान प्रदर्शनीको समेत आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मुकुन्द ढुङ्गानाले गरेका थिए ।

सोही कार्यक्रममा शिक्षकहरू पुण्यप्रसाद भण्डारी र टिका भण्डारीलाई बिदाई गरिएको थियो ।

वार्षिकोत्सवमा समारोहमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, गायन, नृत्य, नाटक र स्काउटमा आवद्ध विद्यार्थीहरूले परेड प्रर्दशनी गरेका थिए ।

२०२४ सालमा स्थापना भएको विद्यालय २०३२ सालमा जिल्ला शिक्षा कार्यालयमा मोहनमाया प्राथमिक को नाममा दर्ता भएको थियो । २०५३ सालमा  कक्षा ६ थप भएर निम्न माध्यमिक बनेको मोहनमाया २०६८ सालमा आइपुग्दा कक्षा ८ सम्म पढाउने बनेको थियो । २०७५ सालमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषय अध्यापन सुरु भएको थियो । २०७६ सालबाट कक्षा ११ सञ्चालन गरे सँगै मोहनमायाले साइन्स र मेनेजमेन्ट कक्षा सञ्चालन गर्न सुरु गरेको थियो । २०८० साल सम्म आइपुग्दा कक्ष १२ र डिप्लोमा लेबल सम्मको पठनपाठन हुँदै गरेको छ ।
हाल मोहनमायामा १ हजार ९४४ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । नर्सरी देखि कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पढाई भइरहेको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।

 सामुदायिक विद्यालयमा पढाई खस्कदो भयो भन्ने जनगुनासोहरू धेरै हुने गरेको अवस्थामा मोहनमायाले भने उदाहरणीय र नमुना विद्यालय बनेर बालबालिकाहरूलाई शिक्षा दिदै आएको छ । मोहनमायाले गत एसईईमा  ११५ जना विद्यार्थीहरूलाई सामेल गराएको थियो ।  परीक्षामा सामेल सबै विद्यार्थीहरूले राम्रो नतिजा ल्याएर हाल ११ कक्षा पढ्दै आएका छन् । एसईईमा सामेल विद्यार्थीहरू मध्ये २३ जनाले  ३.६–४ जिपिए प्राप्त गर्न सफल भएपछि मोहनमाया झापा जिल्लाकै एसईईमा राम्रो नतिजा ल्याएर उत्कृष्ट विद्यालय बनेको छ ।

कक्षा १२ मा  ६९ प्रतिशत ल्याएर नियमित तर्फ सफल बनेका थिए । कक्षा ४ मा अध्ययनरत छात्रा एलिना तिम्सिनाले ४.०० जिपिए ल्याए पछि मोहनमाया मावि नगर प्रथम बनेको छ । त्यसैगरी गणित प्रर्दशनमा पनि नगर प्रथम बन्न सफल भएको मोहनमाया नगर स्काउटमा पनि दुई पटक प्रथम भईसकेको छ ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले   राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी  मोहनमायाका शिक्षक भेषराज चम्लागाईँ बिर्तामोड  नगरकै उत्कृष्ट शिक्षक घोषित भएर   मोहनमाया एक अव्वल शिक्षालय भएको प्रमाणित भएको हो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)