Aamsanchar

प्रतिदिन दैनिकका सम्पादक राजवंशी सम्मानित

Author Image
शुक्रवार, पौष १३, २०८०

बिर्तामोड । प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् । मोहनमाया माध्यमिक विद्यालय बिर्तामोड २ को ५६ औं वार्षिकोत्सवको अवसर परेर सम्पादक राजवंशीलाई सम्मान गरिएको हो ।

राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले राजवंशीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका देवीका निरौला बस्नेतको अध्यक्षतामा आयोजित समारोहमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सञ्चार क्षेत्रको माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।

सोही कार्यक्रममा दाताहरू लिला/निला राउत र मनमाया खत्रीलाई समेत सम्मान गरिएको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)