Aamsanchar

कालिञ्चोकमा छोराको कुटाइबाट आमाको ज्यान गयो

Author Image
शनिवार, पौष १४, २०८०

दोलखा – दोलखाको कालिञ्चोक गाउँपालिकामा छोराको कुटाइबाट आमाको मृत्यु भएको छ।

छोराको कुटाइबाट घाइते भएकी कालिञ्चोक गाउँपालिका(३ लामिडाँडाकी ७८ वर्षीया कृष्णमाया बुढाथोकी शुक्रबार आफ्नै घरको ढोका बाहिर मृत फेला परेकी हु्न्।

कृष्णमायालाई पुस १० गते आफ्नै ३५ वर्षीय छोरा दीपकले घरायसी विवादका क्रममा कुटपिट गरेर हिँडेका थिए। उनको देब्रे आँखामुनि निलडाम देखिएको थियो।

कुटाइकै कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। उनको शवलाई पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर