Aamsanchar

ईपीएस परीक्षा विवाद : प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडियाे, मुद्दा नचलाउने निर्णय

Author Image
आइतवार, पौष १५, २०८०

काठमाण्डौ – ललितपुरको बालकुमारीमा अस्ति शुक्रवार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा पक्राउ परेकाहरुलाई छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ गरी छाडिएकाहरुलाई मुद्दा नचलाउने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी र भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

प्रदर्शनका क्रममा दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर