![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/InShot_20231231_140426640.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाण्डौ – साम्प्रदायिक हिंसा फैलाउन षड्यन्त्र गरेको आरोपमा भारतको सिक्किमबाट खोटाङकी युट्युबर उमा चाम्लिङ राई पक्राउ परेकी छिन् । उनका अभिव्यक्ति र सामग्री हिंसा फैलाउने खालका भएको भन्दै सिक्किम पुलिसले हिजो शनिवार राईलाई पक्राउ गरेको इन्डिया टुडेले जनाएको छ ।
सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले दायर गरेको एफआईआरको आधारमा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले केही दिनअघि सामाजिक सञ्जालमार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् । आउँदो वर्ष अर्थात् सन् २०२४ को विधानसभा चुनावलाई प्रभाव पार्ने उद्देश्यले उनले सिक्किमका बासिन्दाबीच साम्प्रदायिक हिंसा र आतङ्क फैलाउने षड्यन्त्र गरेको एफआईआरमा उल्लेख छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
पक्राउ परेकी उमाले सिक्किमका विभिन्न जातजाति र सम्प्रदायबीच हिंसा भड्काउने खालका सामग्री युट्युबमा राख्दै आएको आरोप लगाइएको छ । राईलाई अदालतमा हाजिर गराएपछि प्रहरीले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति पाएको स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेको समाचारमा उल्लेख छ ।