Aamsanchar

जावलाखेल मैदानमा ‘च्याउ मेला तथा परिकार महोत्सव’

Author Image
आइतवार, पौष १५, २०८०

काठमाण्डौ – ललितपुरको जावलाखेल मैदानमा एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ भएको  छ । च्याउ उत्पादक किसान सङ्घ नेपालले च्याउ प्रवर्द्धनको कार्यक्रम आयोजना गरेको हो ।

‘च्याउ किसानहरूको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेका आयोजकले जनाएको छ ।

 

मेलामा कन्ये, गोभ्रे, किङ वयस्टर, सिताके लगायत च्याउका विभिन्न जात तथा परिकार प्रदर्शनीमा राखिएको सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताउनुभयो । कार्कीका अनुसार स्टलहरूमा विभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको समेत प्रदर्शनी भइरहेको छ ।

आज चौथो राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । २०७७ सालदेखि हरेक वर्ष पुस १५ गते विभिन्न कार्यक्रम गरी च्याउ दिवस मनाउन थालिएको हो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर