Aamsanchar

मुसहर बस्तीका नागरिकले मुख्यमन्त्रीलाई सोधे : के हाम्रो ऋणको ब्याज मिनाहा भएकै हो त ?

Author Image
आइतवार, पौष १५, २०८०

 ब्याज मिनाहाबारे जानकारी लिँदै विराटनगर–१२ मा सम्पन्न मुुसहर बस्तीका बासिन्दाहरु । 

विराटनगर । “मुख्यमन्त्रीज्यू के हामीले जमिन खरिद गर्दा लिएको ऋणको ब्याज साँच्चै मिनाहा भएको हो ?,” दानीदेवी ऋषिदेव (मुसहर) ले प्रश्न गरिन ।
दानीदेवीको जिज्ञासा पूरा हुन नपाउँदै उनकी छिमेकी रेखा ऋषिदेवले जिज्ञासा राखिन्, “अनि यो ब्याज मिनाहा गराउन प्रदेश सरकारले के के व्यवस्था गरिदिएको छ त ?”
दानीदेवी र रेखा जस्ता धेरै महिलाले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की समक्ष सरकारले घोषणा गरेको ब्याज मिनाहा कार्यक्रमबारे जिज्ञासा राखेका हुन् । मुख्यमन्त्री कार्कीले जवाफ दिन खोज्दै थिए, बीचैमा स्थानीय चोमनीदेवी ऋषिदेवले फेरि अर्को प्रश्न गर्दै भनिन्, “अब यो काम के कसरी अघि बढ्दैछ त, मुख्यमन्त्री ज्यू ?”

आइतबार विराटनगर महानगरपालिका वडा नं १२ को सम्पन्न बस्ती पुगेका मुख्यमन्त्री केदार कार्कीलाई सीमान्तकृत ऋषिदेव समुदायले ब्याज मिनाहाबारे जिज्ञासा राखेका हुन । उनीहरूले खुलेरै आफ्नो समुदायले भोग्नु परेको आर्थिक तथा समाजिक समस्या पनि बताए ।
“हो तपाइँहरुले जमिन खरिद गर्दा लिएको सबै ऋणको ब्याज प्रदेश सरकारले मिनाहा गरिदिएको छ, त्यो ब्याज वापतको रकम सरकारले नै तिरिदिने हो अब ढुक्क हुनुहोस्,” कार्कीले भने, “बजेट मार्फत घर बनाउन जग्गा नहुनेले खरिद गर्दा ऋणको ब्याज मिनाहा गरिदिने व्यवस्था गरिदिएका छौं ।” कार्कीले अब किस्ता बुझाउँदा ब्याज तिर्नु नपर्ने गरीको तयारी सरकारले गरेको स्थानीयलाई जानकारी गराएका थिए ।
यो जवाफ सुनेर बस्तीका महिलाले मुख्यमन्त्री र प्रदेश सरकारको सम्मानमा ताली बजाए । जग्गा खरिद गर्न लिएको ऋणको ब्याज सरकारले तिरिदिने खबर सुनेपछि ऋषिदेव समुदायका महिला खुसी देखिए । चोमनीले भनिन्,“हाम्रो घर बनाउन पहिले पनि प्रदेश सरकारले सहयोग गरेको थियो । अब ब्याज तिर्नु नपरे हामी सजिलैसँग साँवा बुझाउन सक्छौँ ।”
विराटनगर महानगरपालिका वडा नं १२ मा प्रदेश सरकार, जीवन विकास समाज, विराटनगर महानगरपालिका, ह्याबिटेड नेपाललगायत संस्थाको सहयोगमा एकीकृत बस्ती निर्माणको काम शुरु भएको थियो । त्यहाँ १४६ घरमध्ये धेरै सम्पन्न भई ऋषिदेव समुदाय घरमा बस्न थालिसकेका छन् । कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री भएका बेला बस्ती निर्माणको पहल शुरु भएको थियो । बस्ती ३ बिघा १६ कट्ठा ५ धुरमा फैलिएको छ ।

प्रति परिवार १० धुर जग्गा, भान्सा, ट्वाइलेट, बाथरुमसहित तीन कोठे घर बनेको उपभोक्ता समितिकी पूर्वसचिव श्रद्धा ऋषिदेवले बताउँदै भनिन्, “घडेरी किन्न जीवन विकास लघुवित्तले सहयोग गरेको थियो । हामीले दुई लाख ७० हजार रुपैयाँको किस्ता महिनाबारी रुपमा बुझाउने गरेका थियौं, त्यसमा ब्याज पनि जोडिने गरेको थियो, अब ब्याज तिर्न नपर्दा धेरै राहत हुने भयो, धन्यवाद छ प्रदेश सरकारलाई ।” बस्ती निर्माणका क्रममा सरकारी तथा गैरसरकारी निकायले समेत सहयोग गरेका थिए । तर, जग्गा भने समुदाय मिलेर खरिद गरेका थिए । यो उनीहरूकै स्वामित्वमा रहने जग्गाको किस्ता उनीहरूले बैंकलाई ब्याजसहित मासिक ७ हजार रुपैयाँ नियमित बुझाउने गरेको श्रद्धाले सुनाइन ।

ऋषिदेवले भनिन्, “हामीले जग्गा आफैं खरिद गरेका हौं । यसरी घरबारविहीन भएकाले खरिद गरेको जग्गाको ब्याज प्रदेश सरकारले मिनाहा गरिदिने भएपछि बस्तीका सबै मानिस खुसी छन् ।”
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले घरबार विहीन बनेका मानिसहरुको लागि यही मोडलमा काम गर्न सकिने उदाहरण सम्पन्न बस्ती भएको सुनाए । उनले भने, “जग्गा खरिद गर्न सानो सहयोग गर्न सकेमात्र” समक्ष दानीदेवी जस्ता धेरै महिलाले सरकारले के कस्तो व्यवस्था गरिदिएको हो भन्दै प्रश्न गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर