
फाेटाे : थाहाखबर
काठमाडौं – माइतीघर मण्डलामा धोती दिवस मनाउन पुगेका युवामाथि प्रहरीले हस्तक्षेप गरेको छ। विद्यार्थी जनमत संघको आयोजनामा धोती दिवस मनाउन पुगेका युवामाथि प्रहरीले हस्तक्षेप गरेको हो।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हटाएको उपत्यका प्रहरी परिसर काठमाडौंले जनाएको छ। जनवरी १ का दिन पहाडी समुदायका व्यक्तिले टोपी लगाएर टोपी दिवस मनाइरहँदा मधेसी समुदायका व्यक्तिहरुले धोती, कुर्ता, गम्छा लगाएर धोती दिवस मनाउन लागेका हुन्।

Views: 123


