Aamsanchar

कारले ठक्कर दिँदा दुई जनाको ज्यान गयाे, एक घाइते

Author Image
सोमवार, पौष १६, २०८०

बाँके –बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोमा गएराति कारले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ च ३४६३ नम्बरको कारले कारकाँदोमा रहेको एसके पेट्रोलपम्प नजिकै ठक्कर दिँदा नेपालगञ्ज–१३ की २४ वर्षीया आस्था शाह र अर्का एक जना पुरुषको ज्यान गएको हो । ज्यान गुमाएका पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । दुवै जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

दुर्घटनामा नेपालगञ्ज–१३ की सहाना शाह घाइते हुनुभएको छ । उहाँको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर