Aamsanchar

दोलखा र ताप्लेजुङमा डुबेर दुई जनाले ज्यान गुमाए

Author Image
सोमवार, पौष १६, २०८०

काठमाडौं : दोलखा र ताप्लेजुङमा डुबेर दुई जनाले ज्यान गुमाएका छन्।

काभ्रेको भुम्लु गाउँपालिका–१० दोलालघाट बस्ने धुलिखेल नगरपालिका–६ काबुद्धराम खड्गीकी छोरी ५ वर्षीया रोजिना खड्गीको सोही ठाउँस्थित इन्द्रावती खोला नजिकै रहेको पानी जमेको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ।

खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ।

यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका–२ हान्द्रुङस्थित तमोर खोलामा डुबेर माल्टा टाउन बंगाल भारत घर भई सानिमा हाइड्रो पावरमा काम गर्ने २२ वर्षीय मुकेश साहीको आइतबार दिउँसो मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर