Aamsanchar

जिल्ला कारागार खाँदबारीमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृ*त फेला

Author Image
सोमवार, पौष १६, २०८०

संखुवासभा – संखुवासभाको जिल्ला कारागार खाँदबारीमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन्।

मृत्यु हुनेमा इलाम घर भई खाँदबारी नगरपालिका –७ जिल्ला कारागारमा कार्यतर वरिष्ठ प्रहरी हवल्दार ४१ वर्षीय डीकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

गएराति २ बजे डिउटीसकेर सुतेका वरिष्ठ प्रहरी हवल्दार तामाङलाई बिहान ५ बजे अचेत अवस्थामा बेला परेपछि उपचारका लागि जिल्ला अपस्पताल पुर्‍याइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

वरिष्ठ हवल्दार तामाङको जिल्ला अस्पताल भर्ना हुनु अघिनै मृत्यु भइसकेको जिल्ला अस्पतालले जनाएको छ। पीडित परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै घटनाको छानविन गर्न माग गरेका छन्। घटनाको निष्पक्ष छानविन नभए सम्म शव नबुझ्ने पीडित परिवारले अडान लिएका छन्।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। शव पोष्टमार्रटमाका लागि जिल्ला अपस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर