Aamsanchar

दिल्लीमा यौन व्यापार गर्ने नेपाली दम्पती पक्राउ

Author Image
सोमवार, पौष १६, २०८०

काठमाडौं – भारतको दिल्लीमा यौन व्यापार गर्ने नेपाली दम्पती पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले स्याङ्जाको गल्याङ नगरपालिका ७ घर भएका ३५ वर्षका टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षका अस्मिता भण्डारी, रिया वली भनिने टीका कुमारी वलीलाई पक्राउ गरेको हो।

उनीहरूले दिल्लीस्थित विभिन्न होटल रेष्टुरेन्ट फेन्सी पसलमा आकर्षक काम पाइने र राम्रो कमाइ हुने प्रलोभन देखाएर नेपाली युवती भारत पुर्‍याउने गरेका थिए।

दिल्ली पुर्‍यायाई वेश्यावृत्तिका लागि आफैँले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने गरेका ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

उनका अनुसार अनुसन्धानका क्रममा दिल्लीस्थित अपार्टमेन्टमा खाने बस्ने व्यवस्थासमेत मिलाएर उनीहरुले वेभसाइटमार्फत विज्ञापन गरी वेश्यावृत्ति गरेका खुलेको छ।

उनीहरुले सामाजिक सञ्जालहरुमार्फत ग्राहकले भनेकै स्थानमा युवतीहरु पठाउने गरेको खुल्न आएको एसपी पंगेनीले बताए।

पक्राउ परेका दम्पतीले वेश्यावृत्तिबाट हुने आम्दानी ८० प्रतिशत आफैँ लिने गरेका थिए। उनीहरुले भारत पुर्‍याएका ९ जनायुवतीलाई गत चैतमा उद्दार गरिएको ब्युरोले जनाएको छ।

२०७९ चैतमा नै उनीहरु समेतको विरुद्धमा ६ वटा मुद्दा दर्ता भइसकेको छ। ती मुद्दाका तीन प्रतिवादी हाल कारागारमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर