Aamsanchar

डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यास लिने

Author Image
सोमवार, पौष १६, २०८०

काठमाण्डौ – अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यास लिने घोषणा गरेका छन् ।

३७ वर्षीय वार्नरले यसअघि टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए । पर्सि बुधवारदेखि शुरु हुने पाकिस्तानसँगको दोस्रो टेस्ट वार्नरको बिदाइ खेल हुनेछ ।

आफ्नो सन्न्यासपछि नयाँ खेलाडीले मौका पाउने र आफूले फ्रेन्चाइजी क्रिकेट धेरै खुलेर खेल्न सक्ने वार्नरले बताएका छन् ।

सन् २०२३ को एकदिवसीय विश्वकपमा अस्ट्रेलियालाई छैटौँ पटक उपाधि जिताउन वार्नरले महत्त्वपूर्ण प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभरि २ शतकसहित ४ सय ९४ रन बनाएका थिए ।

वार्नरले १ सय ६१ एकदिवसीय क्रिकेट खेल्दै २२ शतकसहित ६ हजार ९ सय ३२ रन बनाएका छन् । उनी अस्ट्रेलियाको एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा धेरै रन बनाउने छैटौँ क्रिकेटर हुन् ।यस्तै १ सय ११ टेस्टमा २६ शतकसहित ८ हजार ६ सय ९५ रन बनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर