Aamsanchar

देउसी खेलेको विषयमा विवाद हुँदा ३० वर्षअघि युवकको ह*त्या गरेर फरार अभियुक्त पक्राउ

Author Image
सोमवार, पौष १६, २०८०

विराटनगर – देउसी खेलेको विषयमा विवाद हुँदा ३० वर्षअघि युवकको हत्या गरेर फरार भएका अभियुक्तलाई भोजपुर प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई पक्राउ गरेको हो। पूर्णहाङलाई ललितपुरको ललितपुर महानगरपालिका-२५ भैंसेपाटीबाट पुस १४ गते बिहान पक्राउ गरिएको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए।

उनका अनुसार कर्तव्य ज्यान मुद्दाको मतियारका रूपमा दोषी ठहर भएका पूर्णहाङ लामो समयदेखि सजाय भुक्तान नगरिकन फरार थिए। उनलाई घटना भएको ३० वर्षपछि यही पुस १४ गते ललितपुरबाट पक्राउ गरी भोजपुर ल्याइएको पाठकले बताए।

विक्रम संवत २०५० साल मंसिर ३ गते साविकको कोट गाविसका राजधन राईको हत्या भएको थियो। राजधनमाथि शुक्रदेव राईले खुकुरी प्रहार गरेको र पूर्णहाङ लगायतले कुटपिट गरेको अनुसन्धानबाट खुल्यो।

अभियुक्तविरुद्ध चलाइएको कर्तव्य ज्यान मुद्दाको फैसला जिल्ला अदालत भोजपुरले २०६१ भदौ २८ गते गरेको थियो। अदालतले मुख्य प्रतिवादी शुक्रदेवलाई २० वर्ष र घटनाका मतियार पूर्णहाङसहितलाई ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। तर, सजाय भुक्तान नगरिकन अभियुक्तहरू फरार बनेका थिए।

प्रहरीका अनुसार २०५० कात्तिक २८ गते लक्ष्मी पूजाको दिन शुक्रदेव, पूर्णहाङलगायत २६ जनाको समूह देउसी खेल्दै राजधनको घर पुग्यो। मादक पदार्थ सेवन (मापसे)गरेर पुगेको समूहले देउसी खेल्दा दान(पैसा कम दिएको भन्दै मृतक राजधनका दाजु बागधन राईसँग विवाद गरेको थियो। विवाद मिलाउनलाई भनेर मंसिर ३ गते बोलाइएको पञ्चेतीमा झगडा हुँदा कुटपिट र खुकुरी प्रहार गरेर राजधनको हत्या गरिएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर