Aamsanchar

ग्लोरी मन्टेश्वरीमा निशुल्क आखा शिविर, २६५ जनाले लिए सेवा 

Author Image
सोमवार, पौष १६, २०८०

दुर्गापुर । झापाको कनकाई १ स्थित ग्लोरी मन्टेश्वरीमा निशुल्क आखा शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ कनकाई दुर्गापुरको आयोजना, मेची आखा अस्पतालको प्राविधिक सहयोग ग्लोरी मन्टेश्वरी स्कुलको सहजिकरणमा आज शिविर सम्पन्न भएको हो ।

शिविरमा आँखा परिक्षण, औषधि बितरण निशुल्क मोतियाबिन्दुको शल्यक्रियालगायतको स्वास्थ्य सुविधा उपलब्ध गराइएको ग्लोरी मन्टेश्वरीकी प्रिन्सिपल सिरिशा गैरे उप्रेतीले जानकारी दिइन ।
शिविरमा स्कुलका विद्यार्थी, अभिभावक र स्थानीय गरि  २६५ जनाले आँखा परिक्षण गराएका थिए । परिक्षण गराउने मध्येका ९ जनालाई मोतिया विन्दुका अप्रेसनको लागि मेची आखा अस्पताल आजै पठाइएको र बिरामीहरूको भोलि अप्रेसन हुने प्रिन्सिपल उप्रेतीले बताइन ।

लायन्स क्लबका अध्यक्ष दीपक खतिवडाको अध्यक्षतामा आयोजित शिविरमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।  कार्यक्रममा प्रमुख अतिथि पोखरेल, कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी,  लिलाप्रसाद चिमरियालगायतले मन्तव्य राखेका थिए । 

शिविर उद्घाटनमा लायन्स कर्मीहरु सञ्जय गजुरेल, मनोज बस्नेत, डिल्ली रिजाल, मनोजकुमार पोखरेल, सर्मिला चापागाईँ संग्रौला, सरिता अधिकारी, भुवन खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश अध्यक्ष दीपक खतिवडा र सञ्चालन सचिव डिल्ली रिजालले गरेका थिए । 

शिविरमा डाक्टर युवराज बोहोरासहित छ जना स्वास्थ्यकर्मीहरू खटिएका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर