Aamsanchar

इलाममा लोपोन्मुख जनावार रेडपाण्डा मृ*त फेेला

Author Image
सोमवार, पौष १६, २०८०

इलाम- इलामको पर्यटकीय क्षेत्र जौबारी–गैरीबास क्षेत्रमा आज लोपोन्मुख सूचीमा रहेको जनावार रेडपाण्डा मृत भेटिएको छ । सन्दकपुर गाउँपालिका–५, जमुनाको जौबारीस्थित वृक्षरोपण क्षेत्रको फेन्सिङ तारबारको छेउमा रेडपाण्डा मृत भेटिएको सन्दकपुर गाउँपालिका पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक सविन भट्टराईले जानकारी दिनुभयो ।

अन्दाजी एक–डेढ वर्षको पोथी रेडपान्डा मृत भेटिएको हो । पेटमा केही वस्तुले खाएर चोट लागेको जस्तो देखिने मृत रेडपाण्डालाई परीक्षणका लागि सदरमुकामस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पठाइएको भट्टराईले जानकारी दिनुभयो ।

इलामको उत्तरपूर्वी लेकाली यो क्षेत्रमा रेडपान्डा पाइने गरेको छ । जमुनाको चोयाटार सामुदायिक वन, सीमावत्र्ती क्षेत्र जौबारी, गैरीबासलगायतका स्थानहरुमा रेडपाण्डा हेर्नकै लागि पर्यटकहरु त्यहाँ पुग्ने गरेको स्थानीय जनप्रतिनिधि कुमार गुरुङ बताउनु हुन्छ । यसअघि चोयाटार सामुदायिक वनमा लोपोन्मुख रेडपान्डाको संरक्षणका लागि विभिन्न कामहरु समेत गरिएका थिए । गुरुङका अनुसार यो क्षेत्रमा रेडपाण्डाका लागि क्यामेरा ट्रयापिङ समेत जडान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर