Aamsanchar

खेलकुदले शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिन्छ : मेयर कोइराला

Author Image
सोमवार, पौष १६, २०८०

विराटनगर – विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदका माध्यमबाट आर्थिक र आराणविक रुपमा जतिसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने बताउनुभएको छ ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले आयोजना गरेको प्रथम अन्तर विभाग स्ववियू कप–२०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले आर्थिक र आणविक हतियारले शक्तिशाली मुलुकलाई पनि कमजोर मुलुकले खेलका माध्यमबाट पराजित गरेका थुप्रै उदाहरण भएको बताउनुभयो । खेलकुदले विश्वका जुनसुकै कुनामा बसोबास गर्ने मानिसलाई भावनात्मक रुपमा जोड्नसमेत सकिने उहाँको भनाइ थियो । खेलकुदले मानिसलाई शारीरिक र मानसिक स्वास्थ्य मात्रै नभएर अनुशासितसमेत बनाउने मेयर कोइरालाले बताउनुभयो ।
महेन्द्र मोरङ क्याम्पस विराटनगरको ऐतिहासिक क्याम्पस भएको बताउँदै मेयर कोइरालाले यस कलेजमा अध्ययन गरेका थुप्रै विद्यार्थीहरु राजनैतिक, प्रशासनिक, उद्योग, व्यापारलगायतका क्षेत्रमा उचाइ प्राप्त गरेको सुनाउनुभयो । उहाँले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत लाग्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । स्ववियू सभापति जसमन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, नेपाली कांग्रेसका नगरसभापति दीपक चापागाईं, नेकपा एमालेका नगर सचिव रोहित कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रथम अन्तर विभाग स्ववियू कपअन्तर्गत फुटबल, भलिबल, क्रिकेट, कबड्डी, डोरीतानलगायतका विभिन्न खेलमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर