Aamsanchar

क्यासिनोमा नेपालमा प्रतिबन्धित भारु नोट !

Author Image
सोमवार, पौष १६, २०८०

नेपालगन्ज- नेपालगन्जमा भारतीय नागरिकलाई लक्षित गरेर सञ्चालनमा रहेका करिब एक दर्जन क्यासिनोमा नेपालमा प्रतिबन्धित भारु नोट चल्ने गरेको गुनासो आएपछि प्रहरीले सो बारेमा खोजतलास सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशनमा वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्जमा रहेका क्यासिनोहरुमा पाँच सय र दुई सयका भारतीय नोट लिने गरेको बारेमा छड्के जाँच सुरु गरेको वडा प्रहरी कार्यालयले जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसीले नेपालमा प्रतिबन्धित भारतीय दुई सय र पाँच सय रुपियाँका नोटहरु क्यासिनोहरुमा प्रयोग भइरहेको भन्ने गुनासो बारे बुझ्नका लागि छड्के जाँच सुरु गरिएको बताउनुभयो ।

उहाँले छड्के जाँचका क्रममा क्यासिनोमा नेपाली प्रवेश भए नभएको बारेमा पनि जाँच गर्ने गरिएको बताउनुभयो । हालसम्म गरिएको छड्के जाँचका क्रममा नेपालमा प्रतिबन्धित भारतीय दुई सय र पाँच सय रुपियाँका नोट क्यासिनोमा नभेटिएको प्रहरी निरीक्षक विसीले बताउनुभयो ।

उहाँले छड्के जाँचको क्रममा नेपालगन्जका क्यासिनोमा नेपालीहरु पनि नभेटिएको जनाउँदै तर निरीक्षण र अनुगमन निरन्तर जारी राखिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराको निर्देशनमा वडा प्रहरी कार्यालय नेपालगन्जले क्यासिनो, स्पा र होटलहरुमा छड्के जाँचलाई तीव्र पारेको छ ।

यसअघि स्पा र क्यासिनोमा छड्के जाँच गर्दा स्पाहरुमा अवैध गतिविध गर्ने आठ जनालाई नियन्त्रणमा लिएर कानुनी कारवाही गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर