![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/InShot_20240102_161228703.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनेर १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुर, कोन्ज्योसोम गाउँपालिका( १ का ४७ वर्षका लालबहादुर लामालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले लिथुवानिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भन्दै युवाहरुसँग ५ लेखि १५ लाखसम्म लिएका थिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
उनले रकम लिएपछि वैदेशिक रोजगारीमा पाएनन्, कतिपय सिंगापुर पुगेर विमानस्थलबाटै नेपाल फर्काइएका थिए । पीडितहरुले दिएको उजुरीका आधरमा उनलाई मंगलबार दिउँसो काठमाडौंको शंखरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी बरामद भएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा उनले युवाहरुबाट १० करोडभन्दा बढी रकम उठाएको पाइएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, चाहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ