Aamsanchar

तस्करीको काठ बरामद

Author Image
बुधवार, पौष १८, २०८०

रौतहट – जिल्लाको वृन्दावन नगरपालिका– ८ बर्गजवा टोलबाट मंगलबार प्रहरीले तस्करीको काठ बरामद गरेको हो। प्रहरीले ४० क्युफिट सालको काठ बरामद गरेको जनाएको छ।

बर्गजवा टोलस्थित बाटोको छेउमा रहेको परालभित्र सालको गोलिया लुकाई राखेको अवस्थामा प्रहरीले पाँच थान सालको गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। ​बरामद भएको काठ आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाएको प्रहरीले जनाएको छ।

जिल्लामा पछिल्लो समय काठ चोरी बढ्ने क्रममा छ। गत पुस १६ गते रौतहट वनबाट अत्यधिक काठ तस्करी भएको वृन्दावन–१ का स्थानीय राजनीतिककर्मी सुरेश पटेलले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर