Aamsanchar

पहिचानवादीहरूको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित

Author Image
बुधवार, पौष १८, २०८०

ताप्लेजुङ – पहिचानवादीहरूको बन्दका कारण पूर्वी पहाडी जिल्लाहरूलाई जोडेको मेची राजमार्गमा यातायात सेवा प्रभावित भएको छ ।

प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले पक्राउ परेका पहिचानवादी नेताको रिहाइको माग गर्दै बन्दको आह्वान गरेका हुन् । बन्दका कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् ।

आज बुधवारका लागि टिकट लिएका यात्रु गन्तव्यमा जान नपाई सम्बन्धित जिल्लाहरूमै रोकिएका छन् । समितिले विज्ञप्ति निकालेर आज र भोलि बिहीवारका लागि बन्द आह्वान गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर