Aamsanchar

कपास गोदाममा आगलागी

Author Image
बुधवार, पौष १८, २०८०

गुलरिया- बर्दियाको बाँसगढी नगरपालिका – ९ माछागढको मोहनपुर अवस्थित राप्ती अर्डर एण्ड सप्लायर्सको कपास गोदाममा आगलागी भएको छ । विद्युत तार सर्ट भइ बुधबार आगलागी भएको हो ।

आगलागीबाट अन्दाजी ४० लाख ४० हजार रुपैयाँ बराबरको सामान जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

आगलागीबाट कुनै मानवीय क्षति हुन भने पाएन । नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर