Aamsanchar

झापामा तातो खोलेमा परेर एक बालिकाको ज्यान गयाे

Author Image
बुधवार, पौष १८, २०८०

दमक-  झापामा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नं। ५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूकाको उपचारको क्रममा मृत्यु भएको हो ।

पाँच दिनअघि घरमै तातो खोलेमा परेको सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन नसकेको बताइएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि इजि हेल्थ केयर फाउण्डेशनको सहयोगमा बालिकाको थप उपचारका लागि काठमाडौंस्थित सुष्मा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

बालिकालाई बचाउन हरसम्भवको प्रयास गरिए पनि बचाउन नसकिएको इजि हेल्थ केयर फाउण्डेशनका संरक्षक उज्ज्वलविक्रम थापाले बताउनुभयो ।

झापा क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जलन सम्बन्धित स्थानीय स्तरमा उपचार सम्भव नहुँदा बालिकाको मृत्यु भएको बताउनुभएको छ । बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

‘‘सबै स्थानीय तहले जलन उपचार सम्बन्धमा विशेष जनचेतना अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ,’’ सामाजिक सञ्जालमार्फत भन्नुभएको छ । झापामा जलनको सहज उपचारका लागि अस्पतालहरुमा व्यवस्था नरहेको बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
3
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर