Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, पौष १९, २०८०

काठमाण्डौ – सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने १३ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख २० हजार ८ सय र अस्ति मङ्गलवारको भाउ तोलाको १ लाख २१ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर