Aamsanchar

आज राति नेपालबाट उल्का वर्षा देख्न सकिने

Author Image
बिहिवार, पौष १९, २०८०

काठमाडौँ – आज (शुक्रवार) राति पनि हुने उल्का वर्षा नेपालबाट देख्न सकिनेछ। बिहीबार राति देखिएको उल्का वर्षा आज राति पनि अवलोकन गर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटोरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ।

विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक डा। सनतकुमार शर्माका अनुसार राति २ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अँध्यारो ठाउँबाट उल्काको वर्षा देख्न सकिनेछ।

उनले ´भूतप` उल्का वर्षा उत्तरपूर्वी भागमा देख्न सकिने पनि बताए। यसलाई नांगो आँखाले नै अवलोकन गर्न सकिनेछ। उल्का वर्षा ´भूतप` तारामण्डल नजिक देखिने भएकाले यसलाई ´भूतप` उल्का वर्षा नाम दिइएको छ।

प्रतिघण्टा ६० देखि १२० वटासम्म उल्का अवलोकन गर्न सकिनेछ तर सोही समयमा चन्द्रमा पनि आकाशमा देखिने भएकाले यसको उज्यालोले उल्का वर्षा अवलोकनमा केही असहज हुने कार्यकारी निर्देशक शर्माको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर