Aamsanchar

पशुपतिनाथ आर्यघाट क्षेत्रको गंगा आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने

Author Image
बिहिवार, पौष १९, २०८०

काठमाडौं – अबदेखि पशुपतिनाथ मन्दिरस्थित आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न रोक लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्बा डिजिटल प्रालिले एक सूचनामार्फत आरती र दीप प्रज्वलनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने जनाएको छ ।हिन्दुहरूको पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा हरेक साँझ आरती हुने गर्छ । आरती हेर्न ठूलो संख्यामा मानिसहरूको उपस्थिति हुन्छ ।

आरती र दीप प्रज्वलनको भिडियो खिच्न रोक लगाइएको सूचनापछि सर्वसाधारणले आलोचना गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर