Aamsanchar

डिजिटल पेन्टसको बम्पर उपहार,  पहिलो पुरस्कार ल्यापटप  पाउने भाग्यमानी बने लामिछाने

Author Image
शुक्रवार, पौष २०, २०८०

इटहरी । पेन्टसको दुनीयामा बेग्लै पहिचान बनाउन सफल डिजिटल पेन्टसले भाग्यशाली ग्राहकहरूलाई उपहार घोषणा गरेको छ । दुईदिन अघि आधिकारिक फेसबुक पेजबाट एक कार्यक्रमका बिच प्रत्यक्ष प्रसारण गरी भाग्यशाली ग्राहकहरूलाई उपहार घोषणा गरेको हो । जसमा पहिलो उपहार डेल कम्पनीको ल्यापटप एक जनालाई , दोस्रो ३२ इन्चको एलइडी टिभी दुई जनालाई , तेस्रो फ्रिज तीन जनालाई र चौथो सान्त्वनामा १५ जनालाई भित्ते घडी राखिएको थियो । त्यसै गरी पेन्टसले बम्पर उपहार स्वरूप एक जनालाई रु एक लाख नगद पुरस्कार राखेको थियो । कम्पनीको विभिन्न जिल्लाहरूमा रहेका शाखाका डिलरहरूमार्फत उत्पादन खरिद गरेर लैजाने ग्राहकहरूलाई सो उपहार घोषणा गरेको हो ।

कार्यक्रममा पहिलो पुरस्कार डेलको ल्यापटप प्राप्त गर्ने भाग्यशाली ग्राहक मोरङ वासवारीका दीपेन्द्र लामिछाने, दोस्रो पुरस्कार ३२ इन्चको एलइडी प्राप्त गर्नेहरूमा प्रभात लामा र दिलीप सुनार दमक रहेका छन् । त्यस्तै तेस्रो पुरस्कार स्वरूप फ्रिज प्राप्त गर्ने भाग्यशाली ग्राहकहरूमा बबिता जोड, थर्कमान श्रेष्ठ,शान्ता श्रेष्ठ धरान रहेका छन् । त्यस्तै डिजिटल पेन्टसले घोषणा गरेको बम्पर उपहार स्वरूप रु १ लाख नगद प्राप्त गर्ने भाग्यशाली ग्राहकमा दमकबाट डिजिटल पेन्टसका उत्पादनहरू खरिद गरेर लैजाने देशमाया आङ्बो रहेकी छन् ।

ग्राहकले रु ५० हजार सम्मको डिजिटल पेन्ट्स खरिद गर्दा एक थान कुपन पाएका थिए । सोही कुपनको आधारमा उपहार घोषणा गरिएको थियो । कार्यक्रममा डिलर प्रतिनिधिहरुको पनि प्रत्यक्ष सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर